भारतीय कंग्रेसका अध्यक्ष राहुल गान्धीले लोकसभा चुनावमा आफ्नो पार्टीको हार स्वीकार गरेका छन्।
बिहीबार साँझ नयाँदिल्लीमा पत्रकार सम्मेलन गर्दै गान्धीले जनता मालिक भएकाले आज आदेश दिएको बताए। उनले चुनावमा जित हात पारेकोमा भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन्।
‘नरेन्द्र मोदीलाई बधाई छ’, पत्रकार सम्मेलनमा राहुलले भने, ‘विचारधाराको लडाईं जारी छ। कांग्रेसका कार्यकर्ता जोजो हुनुहुन्छ विचलित नहुनुहोस्।’
केरलाबाट लोकसभा चुनाव जितेका राहुलले कंग्रेस हारको जिम्मेवारी आफूले लिने बताए। उनले उत्तर प्रदेशको अमेठीमा पनि आफ्नो हार स्वीकार गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, जेठ ९, २०७६