भारतीय जनता पार्टीले नरेन्द्र मोदीलाई पुन:संसदीय दलको नेता चुन्न बिहीबार साँझ पार्टीकाे बैठक बोलाएको छ। विजय उत्सव मनाउन र शुभेच्छुकहरुलाई सम्बोधनसमेत गर्न पार्टी बैठक बोलाइएको जनाइएकाे छ।
साँझ साढे पाँच बजे पार्टी बैठक बोलाएको हो। दिल्लीको भाजपा कार्यालयअघि हजारौँ कार्यकर्ताको भिड लागेको छ।
प्रधानमन्त्री मोदी र भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह बैठकका लागि पार्टी मुख्यालय पुगिसकेको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्।
मोदी नेतृत्वको बिजेपी गठबन्धनले देशभरिका ३३९ स्थानमा अग्रता लिइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ९, २०७६