काठमाडौं : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्युरो सदस्य भरत बमलाई गैरकानुनी थुनामा राखिएको भन्दै दायर भएको रिट खारेज भएको छ । गत बैशाख २५ गते नेपालगन्जबाट पक्राउ परेका बमलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको थियो ।
सर्वोच्च अदालतले रिट खारेज गरेपछि बम तत्काल रिहा हुने सम्भावना टरेको छ । सरकारले नेकपालाई प्रतिबन्ध लगाएपछि यसका दर्जनौं नेता,कायृकर्ता अहिले प्रहरी नियन्त्रणमा छन् भने बाहीर रहेकबा नेताहरु पनि भूमिगत छन् ।
प्रकाशित मिति: बिहीबार, जेठ ९, २०७६