काठमाडौं : आठौं राष्ट्रिय खेलकुदमा प्रदेश ३ बाट आईटिएफ तेक्वान्दोमा पदक बिजेता खेलाडीलाई भक्तपुर जिल्ला आईटिएफ संघले सम्मान गरेको छ ।
भक्तपुर जिल्लाका सोनी खड्का,सौरब धिमिरे र शिशिर श्रवण राईले स्वर्ण जितेका थिए । स्पाईरिङ ४५ केजी मुनीको तौल समूहमा सोनीले स्वर्ण जितेकी थिईन् ।
त्यस्तै प्याट्रनतर्फ रातो पेटिमा सौरभले स्वर्ण जित्दा शिशिरले निलो पेटिमा स्वर्ण हात पारेका थिए । सम्मानित अन्य खेलाडीमा रजत बिजेता स्वेता राई,अनिसा कार्की र निलिमा सुनुवार रहेका छन् ।
कास्य बिजेतामा आशिष भूजेल र समिर श्रेष्ठ पनि सम्मानित भए । उनिहरुलाई सुर्यबिनायक नगरपालिकाका प्रमुख बासुदेब थापा,आईटिएफ तेक्वान्दो केन्द्रिय अध्यक्ष अन्जन धमला, माउन्ट भ्यू स्कुलका प्रिन्सिपल राजकुमार महर्जन, आयोजक भक्तपुर आईटिएफका अध्यक्ष आषिश कार्कीलगायतले खेलाडीलाई सम्मान गरेका हुन् ।
प्रकाशित मिति: बिहीबार, जेठ ९, २०७६