काठमाडाैं : पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेमा भएको हत्याकाण्डको घटनामा ज्यान गुमाएका नौ जनाको आज अन्त्येष्टि गरिएको छ ।
हत्या गरिएका दुई परिवारमध्ये बमबहादुर फियाकको परिवारका ४ जनाको अरुबोटेमा अन्त्यष्टि गरियाे । उनको परिवारमा उनकी श्रीमती पुर्षिमायाँ फियाक, मनकुमारी फियाक र आसे फियाकको हत्या भएको थियो ।
त्यस्तै, सोही घटनामा हत्या गरिएका धनराज शेर्माको परिवारका पाँच जनाको भने मिक्लाजोङ २ को सराङाडा बतासे भन्ने स्थानमा अन्त्येष्टि गरिएको हो । सराङडाडा शेर्माको पुर्ख्याैली घर हो । शेर्मा परिवारमा उनकी श्रीमती सुस्मिता शेर्मा छोरीहरु युहाना शेर्मा, मुना शेर्मा र इक्सा शेर्माको हत्या भएको थियो ।
संलग्न भनिएका फियाक परिवारका कान्छा ज्वाइ मानबहादुर माखिमको शव मंगलबार अपरान्ह झुण्डिएको अवस्थामा फेला परेको थियो । उनलको शव भने परिवारलाई दिइएको छैन ।
प्रहरी प्रशासनले भने हत्यामा संलग्न दोषीलाई पत्ता लगाउने गरी आफूहरुले खोजी गरिरहेको विश्वास दिलाएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ९, २०७६