सन् २०२२ मा कतारमा हुने विश्वकप प्रतियोगितामा ४८ टोली सहभागी गराउने योजना स्थगित गरेको विश्व फुटबलको प्रशासनिक निकाय फिफाले जनाएकाे छ। हाल विश्वकपमा ३२ टोली सहभागी हुन्छन् ।
सहभागी टोलीको संख्या बढाउन आवश्यक तयारीका लागि समय अपुग भएको फिफाले एक विज्ञप्तिमार्फत जनाएको छ।
सन् २०२६ को विश्वकपचाहिँ अमेरिका, क्यानडा तथा मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दै छन्।
त्यो प्रतियोगितामा पहिलोपटक ४८ टोली सहभागी हुनेछन्।
प्रकाशित मिति: बिहीबार, जेठ ९, २०७६