काठमाडौ: भारतीय लोकसभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टीले लिड गर्न थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् ।
मतगणना जारी रहेकै बेला प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै मोदीलाई बधाई दिएका हुन् । मतगणनामा नरेन्द्र मोदी नेतृत्वको एनडीए गठबन्धनले स्पष्ट बहुमत ल्याउने देखिएको छ । विपक्षी कांग्रेस नेतृत्वको यूपीए गठबन्धन र अन्य पार्टीको कमजोर प्रदर्शन रहेको छ ।
प्रधानमन्त्री ओलीले कार्यकालको सफलताको शुभकामना दिँदै आगामी दिनमा अझै निकट भएर काम गर्ने इच्छा व्यक्त गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ ९, २०७६