भारतमा लोकसभा चुनावको मतगणना भइरहेकाे छ । ५४२ सिटका लागि सात चरणमा भएको मतदानको आज बिहानदेखि मतगणना भइरहेकाे हाे ।
अहिलेसम्मको मतगणनामा भारतीय जनता पार्टी एक्लैले बहुमतभन्दा बढी सिटमा अग्रता लिएको छ। टाइम्स अफ इन्डियाका अनुसार भाजपा एक्लैले २९२ सिटमा अग्रता लिएको छ।
चार वर्षअघि भाजपाले २८२ सिट पाएको थियो। यसपालि झन्डै १० बढी सिटमा अग्रता लिएको छ। भारतमा सरकार बनाउन २७२ सिट आोवश्यक हुन्छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ९, २०७६