भारतमा लोकसभा निर्वाचनको मतगणना भइरहेको छ । अहिलेसम्मको नतिजा अनुसार भारतीय जनता पार्टी (भाजपा) को गठबन्धन काँग्रेस आईको गठबन्धनभन्दा अघि देखिएको छ ।
सुरुवाति मतगणनामा भारतीय जनता पार्टीले ३४५ सिटमा लिड गरिरहेकाे छ । कांग्रेसले ९० आसपास सिटमा लिड गरिरहेकाे छ । भने अन्य दल १०८ भन्दा बढी सिटमा अगाडि रहेका छन् ।
मतगणनास्थलमा सीहोर जिल्लाका कांग्रेस अध्यक्ष रतन सिंह ठाकुरलाई हृदयघात भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । मतगणनाको अपडेटले उनको स्वास्थ्यमा खराब आयो र त्यससँगै उनलाई हृदयघात भयो ।
उनलाई हतारहतार अस्पताल लगिएपनि ज्यान भने बच्न सकेन । मध्यप्रदेशको सबै २९ सिटका लागि मतगणना जारी छ । सबैभन्दा रोचक भिडन्त भोपाल संसदीय सिटका लागि छ ।यहाँ भाजपा प्रत्यासी प्रज्ञा ठाकुरको भिडन्त पूर्वमुख्यमन्त्री तथा कांग्रेस प्रत्यासी दिग्विजय सिंह छन् ।
प्रकाशित मिति: बिहीबार, जेठ ९, २०७६