काठमाडाैं: रुकुमपूर्वकाे भुमे गाउँपालिका–७ गुनामका एक युवाले आफ्नै बाबुको हत्या गरेका छन् ।
२० वर्षीय विरत विकले आफ्नै बुवा ४१ वर्षीय रमन विकलाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिएकाे छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक वीरबहादुर सुनारका अनुसार बिहीबार बिहान ५ बजे विरतले खुकुरी प्रहार गरी बाबु रमनको हत्या गरेका हुन् ।
हत्या आरोपमा छोरा विरतलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक सुनारले जानकारी दिएका छन् ।
प्रारम्भिक जानकारी अनुसार घरायसी कारणले हत्या भएको र विस्तृत विवरण अनुसन्धानपछि मात्रै आउने प्रहरीले बताएकाे छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ९, २०७६