काठमाडौं : सेवाग्राहीबाट घुस लिएको आरोप लागेका उच्च अदालत राजविराजका न्यायाधीश लेखनाथ ढकालविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।
न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले बुधबार रिट दिवेदन दर्ता गर्न आदेश दिएपछि सो निवेदन दर्ता भएको हो ।
सेवाग्राहीबाट १८ लाख रुपैयाँ घुस लिएको अभियोगमा सार्वजनिक सरोकारको विषयअन्तगर्तत काभ्रेपलाञ्चोकका उमेश बानियाँले न्यायाधीश ढकालविरुद्ध सर्वोच्च अदालतमा यही जेठ ६ गते पेस गरेको रिट निवेदन सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार (दरपीठ) गरेको थियो ।
सो दरपीठविरुद्ध बानियाँले इजलासमा दर्ता गर्न निवेदन दिएपछि न्यायाधीश मल्लको इजलासले दरपीठको आदेश बदर गरी निवेदन दर्ता गर्न आदेश दिएको हो । आदेशलगत्तै रिट निवेदन दर्ता भएको हो ।
प्रकाशित मिति: बिहीबार, जेठ ९, २०७६