काठमाडाैं : लागू औषध नियन्त्रण ब्यूरोले काठमाडौं-१६ कोटेश्वरकी सावित्री श्रेष्ठलाई पक्राउ गरेको छ । ५० वर्षीया श्रेषठलाई लागू औषध कारोबारी भएको आरोपमा पक्राउ गरेकी जनाइएकाे छ । उनको साथबाट १ हजार १९१ एम्पुल लागू औषध समेत बरामद भएको छ ।
प्रहरीका अनुसार उनले कोटेश्वरस्थित घरबाटै लागू औषध कारोबार गर्थिन् । उनले आफ्ना दुई छोराहरुलाई समेत दुर्व्यसनी बनाएको पाइएको एसएसपी बसन्त लामाले जानकारी दिए ।
उनको साथबाट एक लाख ४१ हजार समेत बरामद भएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ ८, २०७६