सर्लाही : हातहतियार खरखजाना मुद्दाका फरार अभियुक्त हरिपुर्वा नगरपालिका-७ बस्ने ३६ वर्षीय संजय राय यादवलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
२०७५ पुस २४ गते सोही नगरपालिका-९ बसतपुर टोल बस्ने रामविश्वास रायको घरायसी विवादबारे सोही ठाउँ बस्ने जय नारायण यादवको घरमा जेठी श्रीमतीको तर्फबाट आएर छलफलमा बसिरहेका संजय रायले जय नारायण यादवलाई एक्कासि पेस्तोल झिकी ताक्न खोजेका थिए । जय नारायण र स्थानीय व्यक्तिहरुले प्रतिकार गरेपछि २ थान पेस्तोल, सो को म्याग्जिन २ वटा, ६ राउण्ड गोली फाली फरार भएका थिए ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएकाे छ ।
प्रकाशित मिति: बुधबार, जेठ ८, २०७६