भाेजपुर : लेगुवा भोजपुर सडक खण्ड अन्तर्गत भोजपुर नगरपालिका वडा नम्बर १० भैसिपंखाको नुम्नातिम भीरमा गएको पहिरोका कारण मंगलवार रातीबाट सडक अवरुद्ध पुन: सुचारु भएको छ । । बुधवार बिहानैबाट पहिरो हटाउने काम गरिए पछि सडक पुन: सुचारु भएको हो ।
मंगलवार रातीबाट अवरुद्ध सडक बिहानबाट पुन सुचारु भएको र यातायातका साधनहरु पनि पुन सुचारु भएको बस काउण्टर इन्चार्ज महेश राईले बताए । उनले भने सडक अवरुद्ध भएका कारण भोजपुरबाट तराई तर्फ गएर र आएका यातायातका साधनहरु भीर आसपासमा नै रोकिएका थिए ।
प्रकाशित मिति: बुधबार, जेठ ८, २०७६