काठमाडाैं : पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको केही घण्टामा सोही गाउँपालिकाको वडा नम्बर ७ मा रुखमा झुण्डिएको अवस्थामा फेला परेका नबहादुर माखिमको शव नजिकै रगत लतपतिएको कपडा र खुकुरी भेटिएको छ ।
माखिम हत्या गरिएका मृतक ७४ वर्षीय बमबहादुर फियाकका कान्छा ज्वाई हुन् । धारिलो हतियार फेला परेसँगै नौ जनाको सामूहकि हत्यामा माखिमको नै संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ ।
मानबहादुरको शव भेटिएपछि प्रहरी नायव उपरीक्षक नरेन्द्र कुवँर र गाउँपालिका अध्यक्ष माखिम लुमाङदिन पुगेका थिए। मानबहादुरको शव आरुबोटे ल्याउन लागिएको प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति: मंगलबार, जेठ ७, २०७६