काठमाडौं : सप्तरीको राजविराज ८ का खुस्बु ओलीलाई अदालतले ३ महिना कैद फैसला गरेको छ ।
बन्द भएका विमान कम्पनीको १३ करोड बक्यौता उठाउन कानुनी अड्चन
झन्डै २ वर्षअघि ओलीले गोपाल कटुवालबाट लगेको ३६ लाख ऋण फिर्ता नगरेपछि कटुवालले पटक पटक बाउन्स चेक मात्र दिई ढाँटेको भन्दै गत वर्ष साउनमा मुद्धा दायर गरेका थिए । त्यसैका आधारमा काठमाडौं जिल्ला अदालतले आज फैसला गरेको हो ।
न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले खुस्बु ओलीलाई दोषी ठहर गर्दै सजाय सुनाएको छ । तर ओली भने अदालतमा उपस्थित भएकी थिइनन् । ओली मोडल तथा समाजसेवी भनेर चिनिन्छन् ।
प्रकाशित मिति: मंगलबार, जेठ ७, २०७६