काठमाडौं : नेपाल प्रहरीले आफ्नो संगठनभित्रका खेलाडीको सेवा, सुविधा वृद्धि गर्ने तयारी गरेको छ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी संगठनका खेलाडीहरूलाई सेवा र सुविधा वृद्धि गर्ने योजना तय गरिएको जानकारी दिए । नेपाल प्रहरी संगठनलाई प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई सम्मान गर्दै उनले देशको प्रतिष्ठा बढाउने गरी खेलकुद क्षेत्रमा लागेका संगठनभित्रका खेलाडीहरूलाई छिट्टै आफ्ना सेवा र सुविधा वृद्धि हुनेमा ढुक्क रहन पनि आग्रह गरेर।
प्रकाशित मिति: मंगलबार, जेठ ७, २०७६