सिरहा : नेपाली चलचित्र ‘मन्द-मन्द’ काे छायांकन अन्तिम चरणमा पुगेको छ । बैशाख तेस्रो साताबाट छायांकन शुरु भएको यस चलचित्रकी नायिका कसिस दाहालले आफूले कडा मेहनत गरेकाे बताएकी छन्।
चलचित्र क्षेत्रका अनुभवी निर्देशक राजबहादुर सानेले विशेष महत्व दिएर सस्पेन्स कथाका चलचित्र ‘मन्द–मन्द’ निर्माणमा लागेकाे बताएका छन् ।
निर्देशक सानेकै कथामा आधारित फिल्ममा विनय श्रेष्ठ, प्रमोद अग्रहरि र रविन्द्र झा सुटिङमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।
रुद्राक्ष फिल्मसकाे ब्यानरमा निर्माण भइरहेको सो चलचित्रको कार्यकारी निर्मातामा रुद्र खनाल छन् । टेकराज रेग्मी र कमल गिरी निर्माता रहेको फिल्मको छायांकन काठमाडौं, नारायणघाट, बुटवल, कोहलपुर, सुर्खेत, कालिकोट, जुम्ला र मुगुमा भइरहेको छ । दिब्यराज सुबेदीले फिल्म खिच्ने फिल्मका गीतको कोरियोग्राफर रामजी लामीछाने रहेका छन् ।
प्रकाशित मिति: मंगलबार, जेठ ७, २०७६