भोजपुर : एक नम्बर प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरले प्राविधिक शिक्षा आवश्यक रहेको बताएका छन् ।
विभिन्न कार्यक्रकका लागि भोजपुर आएका मन्त्री घिमिरेले भोजपुर नगरपालिका वडा नम्बर ६ देउरालीमा रहेको सुम्निमा पोलिटेक्निक इन्स्टिच्युटमा अध्ययनरत बिद्यार्थी तथा प्रशिक्षक कर्मचारीहरूसँग मंगलबार बिहान छलफल गर्दै यस्तो बताएका हुन् ।
सो क्रममा सामाजिक विकासमन्त्री घिमिरेले प्राविधिक शिक्षा अब गरिखाने शिक्षा भएको र आजको आवश्यकता भएकाले प्रयोगात्मक कक्षामा जोड दिनुपर्ने बताए । उनले इन्स्टिच्युटका समस्याप्रति आफू र मन्त्रालय गम्भीर भएर लाग्ने प्रतिबद्धता जनाए ।
सुम्निमा पोलिटेक्निक इन्स्टिच्युट भोजपुर सदरमुकाममा सञ्चालित एक मात्र प्राविधिक शिक्षा पठनपाठन हुने शिक्षालय हो । मन्त्री घिमिरेले सदरमुकाममा रहेको सामुदायिक भवनमा अगुवा कार्यकर्ताहरूसँग पनि भेटघाट गरेका छन् ।
भोजपुर नगरपालिका वडा नम्बर १२ मा रहेको यशोधरा माविको ६८औँ वार्षिकोत्सवमा सहभागी हुन मन्त्री घिमिरे सोमबार भोजपुर आएका हुन् ।
प्रकाशित मिति: मंगलबार, जेठ ७, २०७६