काठमाडाैं : छोरी र ज्वाइँबीचको झगडाका कारण दुई परिवारको विभत्स हत्या भएको प्रहरीको अनुमान छ ।
हत्यामा परेका छोरी मन कुमारी फियाक र ज्वाइँ मानबहादुर माखिमबीचकाे ‘डिभोर्स’ का कारण हत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्षले देखाएको हो ।
घटनास्थल पुगेकाे प्रहरीले गरेको रिपाेर्टिङकाे आधार मानेर घटनालाई सूक्ष्म ढंगले अध्ययन गरिरहेको प्रहरीको टोलीले सामूहिक हत्याको कारण ‘डिभोर्स’ नै हुन सक्ने निष्कर्ष निकालेको हो।
‘बमबहादुर फियाकका अर्का ज्वाइँ मानबहादुर माखिमले बहादुर र उनको घर नजिकै रहेको ज्वाइँ धनराज शेर्मा परिवारको हत्या गरेको अनुसन्धानबाट खुल्न आएको छ ।
ससुरा बमबहादुर र साढुभाइ शेर्मा परिवारका नाै जनाको हत्या गरिसकेपछि मानबहादुरले पनि घटनास्थल नजिकै झुण्डिएर आत्महत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ ।
मानबहादुर र उनकी श्रीमतीबीच पछिल्लो समय किचलो थियो । ‘उनीहरू डिभोर्सको अन्तिम तयारीमा थिए । श्रीमतीलाई डिभोर्स गर्न सघाएको भन्दै मानबहादुरले साढुभाइ र ससुराको परिवार सबैलाई सखाप पारेको हुनसक्ने बताइएको छ ।
पाँचथर हत्याकाण्डमा भागेर ज्यान बचाएकी १२ वर्षीया सीता खाजुमले कपडाले मुख छोपेर आएका एक व्यक्तिले खुकुरी हानेर परिवारका सबै सदस्य मारेको बयान दिएकी थिइन् ।
प्रकाशित मिति: मंगलबार, जेठ ७, २०७६