काठमाडौं : नागार्जुन नगरपालिकाले ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरिरहेको छ ।
नगरपालिकामा बसोबास गर्ने ज्येष्ठ नागरिकले रकम अभावका कारण रोग लुकाएर बस्नु नपरोस् भन्ने उद्देश्यले निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सुरु गरिएको नगर उपप्रमुख सुशीला अधिकारीले बताइन् ।
उक्त कार्यक्रम नगरपालिकाका १० वटै वडामा सञ्चालन भइरहेको छ । हरेक वडामा स्वास्थ्य जाँचका लागि आवश्यक उपकारण र औषधिको व्यवस्थापन गरिएको छ ।
नगरपालिकाले स्वास्थ्य सुविधालाई नागरिकको पहुँचसम्म पु¥याउन प्रत्येक वडामा स्वास्थ्यचौकी स्थापना गरी निःशुल्क आधारभूत स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । साथै नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकामार्फत प्रदान गरिँदै आएको सेवालाई अझ विस्तार गरी यसको प्रभावकारिता अभिवृद्धि गर्ने बताइएको छ ।
हालसम्म महिला स्वास्थ्य स्वयंसेविकाले गरेको योगदानको कदर गर्दै उनीहरूले पाइरहेको प्रोत्साहन भत्तामा वृद्धि पनि गरिने नगरपालिकाले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ ७, २०७६