पाँचथर : पाँचथरकाे मिक्लाजुङमा गएराति ज्वाइँ-ससुरा दुवै परिवारका नाै जनाको काटेर विभत्स तरिकाले हत्या गरिएकाे छ ।
मिक्लाजुङ गाउँपालिका ३, आरुबोटे भन्ने ठाउँमा दुई परिवारका नाै जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले बताएकाे छ। नजिकै रहेका ससुरा ज्वाइँका घरका नौ जनाको काटेर विभत्स हत्या भएको मिक्लाजुङ गाउँपालिका अध्यक्ष अमरराज माखिमले जानकारी दिए।
ससुराकाे घरमा चार र ज्वाइँको घरका पाँच जनाको हत्या भएको उनले बताए । त्यस्तै उक्त हत्या घटनामा परी एक बालिका घाइते भएकी छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
हत्याको जानकारी पाएपछि प्रहरी घटनास्थलतिर गएकाे जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिल पौडेलले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, जेठ ७, २०७६