काठमाडौं: २२ औं पटक सगरमाथा आराेहण गरेकाे गिनिज बुक अफ द रेकर्डकाे प्रमाम पत्र कामीरिता शेर्पासँगै छ । उनले बुधबार मात्र २३ औं पटक सगरमाथाकाे शिखरमा पाइला टेकेका थिए । पुन: आज बिहान मात्र उने २४ औं पटक सगरमाथाकाे सफल आराेहण गरेका छन् ।
केही दिनअघि बनाएको आफ्नै रेकर्ड तोड्दै कामीरिता शेर्पाले २४ औँ पटक सगरमाथा आरोहण गरेका हुन् । शेर्पाले आज बिहान ६ बजेर ३८ मिनेटमा सगरमाथाको शिखरमा पाइला टेकेको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिइन्, सेभेन सिमट ट्रेक्स (एजेन्सी)ले हामीलाई खबर गरिसकेकाे छ ।
कामीरिताले अर्को वर्ष २५ औं पटक सगरमाथाको आरोहण गर्ने लक्ष राखेका छन्।
प्रकाशित मिति: मंगलबार, जेठ ७, २०७६