काठमाडाैं : आज काठमाडौँ उपत्यकासहित देशभर आंशिक तथा सामान्य बदली हुनाका साथै मध्य र पश्चिमी क्षेत्रमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।
राति देशको मध्य र पश्चिमी क्षेत्रमा आंशिक बदली रही पहाडी भागका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्म्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । याे क्रम आगामी बिहीबारसम्म कायम रहने जनाइएकाे छ ।
हेर्नुस् आगामी तीन दिनकाे माैसमी पूर्वानुमान :
जेष्ठ ०७ गते (मंगलबार):
दिउँसो:देशका अधिकांश भूभाग सामान्यतया सफा रही अपरान्ह पछि बदलि भई केहि स्थानहरुमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ ।
राति: देशको पुर्बी भूभाग तथा मध्य र पश्चिमी पहाडी भूभाग आंशिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ ।
जेष्ठ ०८ गते (बुधबार):
दिउँसो:देशका अधिकांश भूभागमा आंशिक बदलि रही अपरान्ह पछि सामान्य बदलि भई केहि स्थानहरुमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ ।
राति: देशका अधिकांश भूभागमा आंशिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ ।
जेष्ठ ०९ गते (बिहिबार ):

प्रकाशित मिति: मंगलबार, जेठ ७, २०७६