काठमाडाैं : सर्पको टोकाइबाट पर्सामा सोमबार एक बालकको ज्यान गएको छ।
सर्पले टोक्दा पर्साको सखुवा प्रसौनी गाउँपालिकाको एकडरवा टोल बस्ने सुरेश साहका छोरा १२ वर्षीय सागर साहको ज्यान गएको हो ।
आफनै घरमा खेलिरहेको अवस्थामा बालक सागरलाइ विषालु सर्पले टोकेको थियो। सर्पको टोकाइबाट घाइते बालकलाई उपचारका लागि वीरगञ्ज लाँदै गर्दा बाटोमा नै ज्यान गएको हाे ।
सर्पले टोकेपछि ढिलो गरेर अस्पतालमा लागि ल्याइएकाले बालकको मृत्यु भएको नारायणी अस्पतालका चिकित्सकले बताएका छन् ।