काठमाडौं : प्रहरीले ४२ लाख रुपैयाँसहित आठ भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
अवैध नेटवर्किङ व्यवसाय गर्न आएका आठ भारतीय नागरिक पक्राउ परेका हुन् । उनीहरुलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले आइतबार दिउँसो बबरमहल र ठमेलबाट पक्राउ गरेकाे थियाे ।
पक्राउ पर्नेमा उत्तरप्रदेश प्रतापगढका ३० वर्षीय महोमद जिया, उत्तरप्रदेशकै ३५ वर्षीय नितिन श्रीवास्वत, कानपुरका ४३ वर्षीय रवि तिवारी, प्रयागराजका ३२ वर्षीय अटल त्रिपाठी, उत्तरप्रदेशका ३० वर्षीय महोमद सेयाफ, कुशीनगरका २९ वर्षीय मरुलएन वारसी, उत्तरप्रदेशका ३२ वर्षीय तेजनारायण शुक्ला र प्रयागराजका ४० वर्षीय राजेशकुमार शुक्ला छन् ।
महानगरीय अपराध अनुसन्धान महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरका अनुसार पक्राउ परेका व्यक्तिहरुले साइन ग्रुप-रियल स्टेट, ईकमर्स र टुरिज्मको नामबाट गैरकानुनी नेटवर्किङ व्यवसाय गरेका थिए ।
प्र।हरीका अनुसार उनीहरुले कम्पनीमा २५ सय, ५ हजार र १० हजार डलर जम्मा गर्न लगाउने र साे रकममा ६ प्रतिशत थपेर दिने प्रलोभन दिने गरेका थिए ।
भारतबाट काठमाडौं आई गैरकानुनी रुपमा नेटवर्किङ व्यवसाय सञ्चालन गरी ठूलो रकम ठगी गरिरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । २ जना बबरमहलबाट पक्राउ परेका थिए भने ६ जनालाई ठमेलस्थित बैशाली होटलबाट प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेकामध्ये महोमद जिया र मोहम्मद नुरुलेनको साथबाट नेपाली रुपैयाँ ३३ लाख ५० हजार र बाँकी भारतीय रुपैयाँ बरामद भएको हाे ।
प्रकाशित मिति: सोमबार, जेठ ६, २०७६