ताजकिस्तानको एक जेलमा भएको भीडन्तमा परी कम्तीमा ३२ व्यक्तिको मृत्यु भएको छ ।
जेलभित्र भएको यस दङ्गामा परी मारिएका यी व्यक्तिहरुमा २४ जना इस्लामिक स्टेट्स आतङ्ककारी समूहका सदस्य र तीन जना सुरक्षा गार्ड रहेका अधिकारीहरुले जानकारी दिएका छन् ।
ताजकिस्तानको राजधानी डुशान्बेनजिकै रहेको यस कारगारामा आइतबार साँझ आईएस आतङ्ककारी समूहले सुरु गरेको झडपमा पाँच कैदी, तीन गार्ड र २४ जना आईएस आतङ्ककारी मारिएका त्यहाँको न्याय मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
यस घटनाको अनुसन्धान जारी रहेको र विस्तृत विवरण आइनसकेकाे बताइएकाे छ ।
प्रकाशित मिति: सोमबार, जेठ ६, २०७६