रोजगारीको प्रलाेभनमा अवैध रुपमा लिविया पुगेका १५ नेपालीकाे उद्धार गरिएकाे छ ।
जबरजस्ती काममा लगाएकाे र पासपाेर्ट पनि नदिएर लिवियामै फसेका ती नेपालीलाई ट्रिपोलीबाट उद्धार गरेर अन्तराष्ट्रिय श्रम संगठन (आईओएम) मा राखिएको जनाइएकाे छ ।
उद्धार गरिएकाहरूमा प्रकाश विश्वकर्मा, भुवन आचार्य, पूर्णबहादुर गुरुङ, अमृत गुरुङ, सनम विश्वकर्मा, कृष्ण कोइराला, राजु विश्वकर्मा, बुद्धिबहादुर क्षेत्री अधिकारी, गुप्तबहादुर बिक,मनोहर कार्की, राजु विष्ट, जयराम धामी, गणेश थापा मगर, अजयकुमार चौधरी र शेखर खरेल रहेकाे कायरोस्थित नेपाली दूतावासले जानकारी दिएकाे छ ।
दूतावासका अनुसार आइओएमले नै नेपाल फर्काउने भएकाे छ ।
प्रकाशित मिति: सोमबार, जेठ ६, २०७६