स्पेनिस ला लिगा च्याम्पियन लिगको अन्तिम खेलमा बार्सिलोनाले आइबरसँग २–२ गोलको बराबरी खेलेको छ ।
बार्सिलोनाबाट लोनमा गएका मार्क कुकुरेल्लाले २० औं मिनेटमा गोल गर्दै आइबरलाई अग्रता दिलाएका थिए । तर मेस्सीले खेलको ३० औं र ३१ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
खेलको ४५ औं मिनेटमा डे ब्लासिसले गोल गर्दैै आइबरलाई फेरि बराबरीमा ल्याए । त्यसपछि खेलमा कुनै गोल हुन सकेन र बराबरीमा सकियो ।
यसअघि नै च्याम्पियन बनिसकेको बार्सिलोनाले दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडलाई ११ अंकले पछि पार्यो।
प्रकाशित मिति: सोमबार, जेठ ६, २०७६