इटालियन सिरी ए अन्तर्गत आइतबार युभेन्टस र एटालान्टाबीचको खेल बराबरीमा सकिएको छ । खेलको ३३ औं मिनेटमा जोसिप इलिचिचले खराब डिफेन्डीङको फाइदा उठाउँदै गोल गरेका थिए । खेलको १० मिनेट समय बाँकी रहँदा मारियो मान्जुकिचले गोल गर्दै खेल बराबरीमा ल्याए । दोस्रो हाफको इन्ज्युरी समयमा फेडेरिको बर्नार्डेस्की रातो कार्ड खाँदै बाहिरीएपछि युभेन्टस १० खेलाडीमा सिमित भएको थियो । खेलको समापनपछि युभेन्ट्सलाई लिग विजेताको ट्रफी प्रदान गरिएको थियो ।
यस नतिजासँगै एटालान्टा लिगको तेस्रो स्थानमा उक्लिएको छ । चौथो स्थानको इन्टर मिलानको समान ६६ अंक भएपनि हेड टु हेडमा एटालान्टा अगाडी छ ।
युभेन्टसले एक महिना अगाडी नै लिग उपाधि पक्का गरिसकेको थियो । प्रशिक्षक एलेग्री ५ वर्षपछि क्लब छाड्न लागेका हुन् । उनले यसबिचमा युभेन्ट्सलाई लगातार घरेलु उपाधि दिलाउन सफल रहे ।
रोनाल्डोलाई पनि खेलअघि लिगको प्लेयर अफ द इयरको उपाधि दिइएको थियो ।
प्रकाशित मिति: सोमबार, जेठ ६, २०७६