काठमाडौं : नेपालमा मोटर, मोटरसाइक्लिङ स्पोर्ट्स, अटोमोवाइल मोबिलिटी, ड्राइभ टुरिजम तथा रोड सेफ्टीको क्षेत्रमा क्रियाशील नेपाल अटोमोवाइल्स स्पोर्ट्स एसोसिएसन (नासा)को सातौँ वार्षिक साधारणसभा तथा निर्वाचन सम्पन्न भएको छ ।
शनिबार सम्पन्न कार्यक्रममा नासाका महासचिव गोविन्द भट्टराईले प्रस्तुत गरेको १० वर्षे प्रगति प्रतिवेदन तथा सहकोषाध्यक्ष धान्यमणि नेपालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित गरियो । साधारणसभाले आगामी वार्षिक, चार वर्षे तथा बीस वर्षे कार्ययोजना पारित गर्दै दशरथ रिसालको अध्यक्षतामा आगामी कार्यकालका लागि १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन गर्यो ।
निर्विरोध निर्वाचित हुनेहरूमा उपाध्यक्षमा मेघराज पौड्याल, सुशील तण्डुकार र सीतााम न्यौपाने रहेका छन् भने महासचिव आशिष गजुरेल, सचिव निरज ख्का र दीपककुमार आचार्य रहेका छन् ।
यसरी नै कोषाध्यक्षमा धान्यमणि नेपाल , सहकोषाध्यक्ष प्रकाश पुरी निर्विरोध निर्वाचित भएका छन् ।
सदस्यहरूमा रामपुकार शाही ठकुरी, सन्जु बज्राचार्य, नारायण भट्टराई, जिस्वान तुलाधर, सजल कार्की र अनिल बराल रहेका छन् ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यमा शुभारम्भ भएको कार्यक्रमलाई राष्ट्रिय—अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक थापाले पनि सम्बोधन गरेका थिए ।
प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६