धनकुटा : धनकुटाको महालक्ष्मी नगरपालिका–२ मारेककटहरेमा युवतीकाे विषयमा झगडा हुँदा एक युवकको हत्या भएको छ ।
शनिबार राति बुद्ध पूर्णिमाको अवसरमा मारेककटहरे स्थित माझगाउँमा लागेको मेलामा गएका महालक्ष्मी–३ डाँडागाउँका २२ बर्षीय सन्तोष थम्फरा लिम्बुको हत्या भएको हो ।
धनकुटाका प्रहरी प्रमुख सुरेन्द्र बहादुर गुरुङका अनुसार राति करिब १ बजे भएको झगडाका क्रममा मारेककटहरेका २५ बर्षीय घनेन्द्र लिम्बूले छुरा प्रहार गरी थम्फराको हत्या गरेका हुन् ।
हत्या आरोपमा लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ । घाँटीमा छुरीको गहिरो चोटसँगै थम्फराको घटनास्थलमै मृत्यू भएको हो ।
मृतकको शवको जिल्ला अस्पताल धनकुटामा पोष्टमार्टम भइरहेको छ । युवतीको विषयमा झगडा हुँदा युवाहरुबीच छुरा प्रहारबाट डाँडागाउँका मनोज लिम्बुखिम पनि घाइते भएका छन् ।
प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६