काठमाडाैं : पाण्डवखानी समाज युकेद्वारा गाँउको एक संस्थालाई नगद आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ ।
बाग्लुङ्गको गलकोट नगरपालिका १० पाण्डवखानीमा जन्मेर हाल युकेमा छरिएर रहेका २९ जनालेले आर्थिक संकलन जुटाएर सोही नगरपालिकाको वडा नं. १० पाण्डवखानीमा रहेको घुम्टे सांस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चलाई हस्तान्तरण गरिएकाे हाे ।
शनिबार मञ्चको ३३औँ वर्षिक उत्सवको समापन समारोहमा पाण्डवखानी समाज युकेका सहउपाध्यक्ष हिराबहादुर थापाले एक लाख ६३ हजार ५ सय ७५ रुपैयाँ नगद रकम मञ्चलाई हस्तान्तरण गरेका थिए ।
उक्त आर्थिक सहयोग स्थानीय कला संस्कृतिको संरक्षण र प्रबर्द्धनका लागि सहयाेग गरिएको थापाले जानकारी दिए ।
उक्त रकमले मञ्चमार्फत स्थानीय कला संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि निकै सहयोग पुगेको घुम्टे सांस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्च पाण्डवखानीका सचिव दीप घर्तीले जानकारी दिए ।
पाण्डवखानी समाज युकेले विगत लामो समयदेखि विदेशमा रोजगारीको शिलशिलामा रहेर आफ्नो जन्मभूमिको विकास र समृद्धिका लागि सहयोग गर्दै आएको थापाले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६