भरतपुर : भरतपुर गोल्डकपको उपाधि सिएमजी क्लब संकटाले जितेको छ। शनिबार भएको फाइनलमा संकटाले रमपम झापा–११ लाई ३–० ले पराजित गर्दै उपाधि जितेको हो।
संकटालाई उपाधि दिलाउन अमित तामाङ र लक्ष्मण रुचालले गोल गरे। एक गोल झापाका सुमित मैनालीले आत्मघाति उपहार दिएका थिए। फाइनल खेलमा संकटाका अमित तामाङ ‘म्यान अफ दि म्याच’ घोषित भए। उनले १० हजार रुपैयाँ पाए।
उपाधिसँगै संकटाले ६ लाख तथा उपविजेता झापा–११ ले ३ लाख रुपैयाँ प्राप्त गरे। संकटाका अमित तामाङ प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी चुनिए। उनले ४० हजार रुपैयाँ पाए। व्यक्तिगत विधातर्फ प्रतियोगिताभर एक गोल पनि नखाएका संकटाका राजाबाबु थापा उत्कृष्ट गोलरक्षक चुनिए।
झापाका निशान लिम्बु उत्कृष्ट फरवार्ड, झापाका सन्जोक राई उत्कृष्ट मिडफिल्डर, चितवन–११ का सुधांशु चौधरी उत्कृष्ट डिफेन्डर घोषित भए। उनीहरू सबैले समान २० हजार रुपैयाँ पाए।
प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६