अर्घाखाँची : अर्घाखाँचीको शितगंगा नगरपालिका–६ जुकेनाको शिवा दह माध्यमिक विद्यालयको पठनपाठन विद्यार्थीहरूले नै बन्द गराएका छन्।
विद्यालयको विकास निर्माणमा राजनीतिक दलहरुले हस्तक्षेप गरेको भन्दै विद्यार्थीहरुले पठनपाठन ठप्प पारेका हुन् ।
उनीहरुले विद्यालयमा हुने राजनीतिक हस्तक्षेप बन्द गरी विकास निर्माणको कामलाई अघि नबढाएसम्म पढाइ हुन नदिने बताएका छन् ।
प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६