काठमाडौं : संवैधानिक कानुन व्यवसायी मञ्च (क्लाफ) मा राजुप्रसाद चापागाईंको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ।
शनिबार सम्पन्न साधरणसभाले नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । मञ्चको महासचिवमा अनन्तराज लुइँटेल चयन भएका छन् ।
यस्तै कार्यसमिति उपाध्यक्षमा रोशनी पौडेल, कोषाध्यक्षमा रोशनकुमार पोखरेल चयन भएका छन् । सचिवमा निर्णय हुन सकेको छैन ।
कार्यसमिति सदस्यहरूमा डा. रुद्र शर्मा, हर्क रावल, सरोजकृष्ण घिमिरे, लीलाधर उपाध्याय र पवनकुमार जैसवाल चयन भएका छन्। क्लाफ संवैधानिक विषयमा वकालत गर्ने कानुन व्यवसायीको साझा संस्था हो।
प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६