काँकडभिट्टा : आज हुने दार्जीलिङ विधानसभा उपनिर्वाचनका कारण हिजो साँझ ६ बजेदेखि नेपाल-भारत सीमा नाका बन्द भएको छ । तत्कालीन विधानसभा सदस्य अमरसिंह राईले राजीनामा दिएपछि दार्जीलिङमा उपनिर्वाचन भएको हो ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी महेश थापाले झापाको काँकडभिट्टा-पानीट्याङ्की र इलामको पशुपति-मिरिक नाका भोलि बिहान ६ बजेसम्म बन्द हुने जानकारी दिए ।
भारतीय सुरक्षा अधिकारीले खुला नाकाका कारण निर्वाचनमा हुन सक्ने अवान्छित गतिविधि नियन्त्रणका लागि नाका बन्द गर्नुपरेको बताएका छन् ।
प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६