काठमाडौं : काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खस्दा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
चार जनाको घटनास्थलमै मृत्यु भएको हाे भने एक जनाको गल्छी सामुदायिक अस्पतालमा उपचार क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ । मृतकहरुको सनाखत हुन सकेको छैन ।
मृत्यु हुनेमा तीन जना पुरुष र एकजना महिला भएको धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले जानकारी दिएका छन् । दुर्घटनामा २९ जना घाइते भएका छन् । बस पानीमा आधा डुबेकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने र अहिले पनि उद्धार कार्य जारी रहेको उनले बताए ।
घाइतेमध्ये १४ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ भने केहीको गल्छी र गजुरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
आइतबार बिहान काँकडभिट्टाबाट काठमाडौ आउँदै गरेको ना ७ ख ४३८७ नम्बरको यात्रुबाहक बस धादिङको आदमघाटबाट त्रिशूलीमा खसेकाे थियो ।
प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६