लहान : सिरहाको लहान नगरपालिका १७ ढोढनास्थित रहेका राजदेवी मन्दिरमा शनिबार बली चढाउन लाखौँ भक्तजनहरुको भीड लागेकाे छ । सो भीडमा सिरहाको सुखिपुर नगरपालिका २ बस्ने गोपाल यादव बोकाको बली चढाउने क्रममा बेहोस भएका थिए ।
उनको अस्पताल ल्याउने क्रममा मृत्यु भएको जनाइएकाे छ । पोस्ट मार्टमका लागी लहानस्थित रामकुमार उमाप्रसाद स्मार्ग अस्पतालमा राखिएको ईलाका प्रहरी कार्यलका डिएसपी राजेश थापाले जानकारी दिएका छन् ।
आज अहिंशा र शान्तीका प्रतिक गौतम बुद्धको जन्मजयन्तीका दिन लहानस्थित राजदेवी पञ्चावती मन्दिरमा हजारौं पशुपंक्षीको बली दिइन्छ । पछिल्लो समयमा राजदेवी मन्दिर बाराको गढीमाई मन्दिरपछि दोस्रो धेरै संख्यामा बली दिइने मन्दिरको रुपमा लिने गरिन्छ ।
राजदेवी मातालाई भाकल गरे सन्तान प्राप्ति हुने, रोगबाट मुक्ति मिल्ने र मनोकांक्षा पुरा हुने जनविश्वास रहेको छ । सोही कारण बली चढाउन र मेला हेर्न राजदेवी मन्दिरमा भक्तजनहरुको भीड लागेको छ ।
प्रकाशित मिति: शनिबार, जेठ ४, २०७६