आज देशका पश्चिामी भागमा माैसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पश्चिम क्षेत्रका कतिपय ठाउँमा रातिदेखि नै पानी परिरहेको र दिउँसाे पनि बदली भएर पानी पर्ने सम्भवना रहेकाे विभागले जनाएकाे छ । पश्चिमी न्यूनचापीय प्रणालीको असरले पश्चिम नेपालको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।
हेर्नुस् आगामी तीन दिनकाे माैसमी पूर्वानुमान :
जेष्ठ ०४ गते (शनिबार):
दिउँसो: देशको पश्चिमि भु-भागमा सामान्यतया बदलि रहनेछ र बाँकि भू-भागमा सामान्यतया सफा रहनेछ तथापि अपरान्ह पछि वा साँझतिर पूर्वी र मध्य पहाडि भेगमा आंशिक बदलि को संभावना छ । पश्चिमि भेगका थोरै स्थानहरुमा मेघ गर्जन र हावाहुरि सहित हल्का वर्षाको संभावना छ भने मध्य र पूर्वी पहाडि भेगका थोरै स्थानहरुमा अपरान्ह पछि वा साँझतिर मेघ गर्जन र हावाहुरि सहित क्षणिक वर्षाको संभावना छ । देशको पश्चिमि हिमालि भेगका केहि स्थानहरुमा हल्का हिमपातको संभावना छ ।
राति: देशको पश्चिमि भु-भागमा लगायत पूर्वी र मध्य पहाडि भेगमा आंशिक बदलि रहनेछ भने अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ। पश्चिमि भेगका र मध्य र पूर्वी पहाडि भेगका एक दुई स्थानहरुमा मेघ गर्जन सहित हल्का क्षणिक वर्षाको संभावना छ । देशको हिमालि भेगका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना छ।
जेष्ठ ०५ गते (आईतबार):
दिउँसो: देशभर आंशिक देखि सामान्य बदलि रहनेछ। देशका थोरै स्थानमा अपरान्ह पश्चात मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ। देशको हिमालि भेगका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना छ।
राति: देशका पहाडी भु-भागमा आंशिक बदलि रही बांकी भु-भागमा मौसम सफा हुने देखिन्छ। देशका पहाडी भु-भागका एक वा दुई स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
जेष्ठ ०६ गते (सोमवार) :
दिउँसो: देशभर मौसम सामान्यतया सफा रहनेछ तथापि पहाडि भेगका थोेरै स्थानहरुमा अपरान्ह पछि आंशीक बदलि भइ मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना छ।
राति: देशका पहाडी भु-भागमा आंशिक बदलि रही बांकी भु-भागमा मौसम सफा हुने देखिन्छ। देशका पहाडी भु-भागका एक वा दुई स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
प्रकाशित मिति: शनिबार, जेठ ४, २०७६