आयरल्यान्ड र वेस्ट इन्डिजसँगको त्रिकोणात्मक क्रिकेट बंगलादेशले जितेको छ । शुक्रबार राती सम्पन्न फाईनल खेलमा डक वर्थ लुईस नियमको आधारमा वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गरेपछि सिरिज जित्न सफल भएको हो । वर्षाले प्रभावित हुदा २४ ओभरमा झारिएको थियो ।
टस हारेर ब्याटिङ थालेको वेस्ट इन्डिजले २०.१ ओभरमा १ सय ३१ रन बनाउन कुनै विकेट नगुमाएको अवस्थामा वर्षा सुरु भएको थियो । पानी नारोकिएपछि खेल २४ ओभरमा झारिएकाे थियाे । निर्धारित २४ ओभरमा वेस्ट इन्डिजले १ विकेट गुमाउँदै १ सय ५२ रन बनायो । डक वर्थ लेविसका आधारमा सम्रगमा २ सय १० रनको लक्ष्य बंगलादेशले पाएको थियो ।
बंगलादेशले २ सय १० रनको लक्ष्य २२.५ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो । अन्त्यतिर मोसद्देक हसनले मात्र २४ बलमा ५ छक्का र २ चौका प्रहार गर्दै ५२ रनमा अविजित रहेपछि बंगलादेश विजयी भएको थियो ।
प्रकाशित मिति: शनिबार, जेठ ४, २०७६