विराटनगर : नेपालको राजनीतिमा सधैँ केन्द्रमा रहने विराटनगर निकै समयपछि चर्चामा छ । पछिल्लो समय प्रदेश १ को राजधानी बहसले विराटनगरलाई राजनीतिक रूपले मात्र चर्चा दिएन, दलहरूले विराटनगरमै प्रदेशको राजधानी बनाएर नगरको साखलाई जोगाइदिए ।
बहुदलीय राजनीतिमा मात्र होइन, पञ्चायती व्यवस्थामा समेत विराटनगरको भूमिका महत्वपूर्ण थियो । लोकतन्त्र स्थापना भएपछि पनि विराटनगरले आफ्नो नामलाई सधैँ शीर्षमा राख्यो । यो परिस्थिति निर्माण गर्नुमा यहाँबाट राजनीति गर्ने नेताहरूको महत्वपूर्ण भूमिका छ ।
वि.सं. १९८० को दशकमा तिनै बिपी र गिरिजाका पिता कृष्णप्रसाद कोइरालाले निर्माण गरेको घर मात्र होइन, उनीहरूको योगदानलाई देशले नै सम्झिरहेको छ । पिताजी कृष्णप्रसाद कोेइरालाले निर्माण गरेको भवन नै अहिलेको कोइराला निवास हो ।
कम्युनिस्ट नेता मनमोहन अधिकारीदेखि पञ्चायती व्यवस्थाका समर्थक नगेन्द्रप्रसाद रिजाल, मातृकाप्रसाद कोइरालादेखि जननायक बिपी कोइराला, पूर्वप्रधानमन्त्री तथा कांग्रेस पूर्वसभापति गिरिजाप्रसाद कोइरालाले राजनीति थालनी गरेको विराटनगर अहिले पनि आफैँमा उर्वर छ ।
वि.सं. १९८० को दशकमा तिनै बिपी र गिरिजाका पिता कृष्णप्रसाद कोइरालाले निर्माण गरेको घर मात्र होइन, उनीहरूको योगदानलाई देशले नै सम्झिरहेको छ । पिताजी कृष्णप्रसाद कोेइरालाले निर्माण गरेको भवन नै अहिलेको कोइराला निवास हो ।
अहिले यो घरमा कृष्णप्रसादका नाति तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला बस्छन् । निवासकै पूर्वतर्फको घरमा नातिनी अर्थ गिरिजापुत्री सुजाता कोइरालाले आफ्नो निजी निवास बनाएकी छिन् ।
कृष्णप्रसादले सिर्जेको करिब डेढ बिगाह जमिन उनका सन्ततिले टुक्राटुक्रा बनाएका छन् । उक्त जमिन कृष्णप्रसादका सन्ततिले प्लटिङ गरेर बिक्री गरेका छन् । तर डा. शेखर र सुजाताले भने अहिलेसम्म उक्त जमिन जोगाएरै राखेका छन् ।
कोइराला निवाससँग देशको राजनीति जोडिएको छ । मोरङको रंगेलीमा रहेको सदरमुकामलाई विराटनगर ल्याउने अभियानका मुख्य नायक पिताजी कृष्णप्रसादले वि.सं. १९८४ मा सो क्षेत्रको गरिबीलाई चित्रण गर्दै राणा सरकारलाई थोत्रो कपडा पठाएपछि कोइराला परिवारको राजनीति सुरु भएको थियो ।
राणा विरोधी अभियानका कारण सर्वस्वहरण भएपछि भारतमा निर्वासित जीवन बताउन पुगेका कोइराला परिवारका सदस्यसहित ४५ जना १० वर्षपछि स्वदेश फर्किएका थिए । वीरसम्सेरबाट पाएको माफीसँगै पुनः यही निवासमा आएपछि कोइराला परिवारले स्वतन्त्रता र स्वाधीनतालाई नजिकबाट नियालेको थियो ।
कोइराला परिवारसँग निकट रहेका प्राज्ञ दधिराज सुवेदी पिताजीले राजनीतिक, सामाजिक काममा महत्वपूर्ण भूमिका खेलेको बताउँछन् । उनी भन्छन्, ‘पिताजी राजनीतिक रूपमा मात्र होइन, शैक्षिक र आर्थिक रूपमा पनि उत्तिकै चेतनशील हुनुहुन्थ्यो । विराटनगरलाई व्यापारिक केन्द्र बनाउन उहाँको योगदान छ ।’
राणा विरोधी अभियानका कारण सर्वस्वहरण भएपछि भारतमा निर्वासित जीवन बताउन पुगेका कोइराला परिवारका सदस्यसहित ४५ जना १० वर्षपछि स्वदेश फर्किएका थिए । वीरसम्सेरबाट पाएको माफीसँगै पुनः यही निवासमा आएपछि कोइराला परिवारले स्वतन्त्रता र स्वाधीनतालाई नजिकबाट नियालेको थियो ।
कृषि, शिक्षा, व्यापार, समाजसेवा, साहित्यसँगै राजनीतिलाई केन्द्रमा राखेर सो परिवारका अधिकांश सदस्य राजनीतिमा होमिए । यो त्यही घर हो, जुन घरबाट बिपी कोइराला, गिरिजाप्रसाद कोइराला मात्र होइन उनका सन्ततिले पनि अहिले देशको शीर्ष भूमिकामा रहेर राजनीति गरिरहेका छन् ।
पिताजी कृष्णप्रसाद कोइरालाको शयनकक्ष, भान्साघर, पहुना कोठा लगायतका संरचना भएको पुरानो कोइराला निवास अहिले पनि इतिहास बनेर उभिएको छ । कोइराला परिवारले त्यो संरचनालाई जोगाएर राखेको छ । अहिले पनि विराटनगर पुग्ने र राजनीतिमा चाख राख्नेहरू कोइराला निवास पुग्ने गरेका छन् र इतिहासलाई नियाल्ने गरेका छन् ।
समयको क्रमसँगै भवनको अभाव भएपछि पुरानो काठेघरसँगै नयाँ पक्कीघर पनि बनाइएको छ । अहिले यो सम्पत्ति कृष्णप्रसादका नाति डा. शेखर कोइरालाको नाममा छ । तर पिताजीले आर्जेको अन्य सम्पत्ति भने दलालले जग्गा प्लटिङ गरेझैँ टुक्राटुक्रा पारेर केही वर्षअघि नै बिक्री गरिएको छ । कोइराला निवास आसपासमा अहिले ठुल्ठुला भवन बनेका छन् । निवास भने एकान्तमा एक्लै, एक्लो इतिहास बनेको छ ।
पारिवारिक चलन र हक अनुसार पिताजी कृष्णप्रसादका छोराहरू बिपी, केशव, तारिणी र गिरिजाप्रसाद हुँदै उनीहरूका सन्ततिमा हस्तान्तरण भएको जमिन केही बाँकी छ, केही प्लटिङ गरेर बिक्री गरियो, जसरी दलालले जमिन बिक्री गर्छ ।
बिपी पुत्र प्रकाश, श्रीहर्ष र डा. शंशाकले इतिहासलाई नामेट पारेर हजुरबुबाको जमिन बिक्री गरिसकेका छन् । तारिणीपुत्र ज्योतिले पनि केही जमिन बेचे । केशव पुत्र निरञ्जनले पनि केही जमिन बेचे, तर डा.शेखरले भने इतिहासलाई बेच्न मानेनन् र पिता र हजुरबुवाको जमिनलाई जोगाए । गिरिजापुत्री सुजाताले केही जमिन बेचिन्, अनि बाँकी रहेको जमिनमा घर बनाएकी छिन् ।
पारिवारिक चलन र हक अनुसार पिताजी कृष्णप्रसादका छोराहरू बिपी, केशव, तारिणी र गिरिजाप्रसाद हुँदै उनीहरूका सन्ततिमा हस्तान्तरण भएको जमिन केही बाँकी छ, केही प्लटिङ गरेर बिक्री गरियो, जसरी दलालले जमिन बिक्री गर्छ ।
अहिले पनि कोइराला निवासलाई एक इतिहासका रूपमा विकसित गर्न सक्ने अवसर छ । भएको संरचनालाई जोगाएर भावी सन्ततिलाई इतिहास चिनाउने दायित्व समेत छ, कोइराला परिवारमा । तर यो अवस्थालाई पटक्कै नबुझेको कोइराला परिवारका सदस्यले इतिहासलाई जोगाउनु सट्टा मास्ने काम गरेका छन् ।
पटकपटक प्रधानमन्त्री भएर सत्ताको बागडोर सम्हालेका गिरिजाप्रसाद कोइरालाले समेत यो विषयलाई समयमा ध्यान दिन सकेनन् । गिरिजाप्रसाद जीवितै हुँदा पनि केही गर्न सक्ने अवस्था थियो । तर उनले आफ्नो इतिहासलाई बुझेर पनि केही कदम चालेनन् ।
हरेक परिवारले आफ्नो निवासको संरक्षण र माया गर्छ । त्यो परिवारको दायित्व पनि हुन्छ । तर हरेक निवासको इतिहास भने हुँदैन । कोइराला निवास यस्तो निवास हो, जसको आफ्नै छुट्टै इतिहास छ । पिताजी कृष्णप्रसाद पत्नी दिव्या र केशव पत्नी नोनाले सम्हालेको कोइराला निवासमा अहिले पनि आश्रय लिएर बस्नेहरू छन् ।
दिव्या र नोनाले मात्र सो निवासमा आश्रय लिएर बस्ने १९ जना युवती विवाह गराएका थिए । कोइराला निवासमा आफ्नो बालापन बिताएकी पाना उराँव कोइराला परिवारको मायाले आफू टाढा हुन नसक्ने बताउँछिन् ।
हरेक दिन राजनीतिक चहलपहल हुने कोइराला निवास वर्षौंसम्म शक्तिको एक केन्द्र थियो । जतिबेलासम्म कांग्रेसको नेतृत्व मात्र नभएर सत्ताको बागडोर कोइराला परिवारको हुन्थ्यो, त्यो बेलासम्म कोइराला निवासको रौनक नै बेग्लै थियो । यो रौनकलाई लामो समयसम्म कांग्रेस नेतृ तथा गिरिजाप्रसाद कोइरालाकी भाउजू नोना कोइरालाले जोगाएकी थिइन् । उनको देहावशान पश्चात् पनि निवासमा आश्रय लिएर बसेकी उमा शर्माले धानिन् ।
तर शर्माको निधनपश्चात् अहिले कोइराला निवास शान्त छ, सुनसान छ । कोइराला निवासले आदर्श र प्रेम मात्र होइन, सद्भाव र परम्परा पनि धानेको थियो । कोइराला निवासमा पुग्ने जो कोही पनि पाहुना हुन्थे, एक गिलास पानी मात्र भए पनि खाएर फर्कन्थे ।
तर अहिले सुनसान बनेको निवासमा भित्तामा टाँगिएका तस्बिर, विभिन्न ऐतिहासिक दस्तावेजलगायत सामग्री इतिहास बनेका छन् । केही वर्षअघिसम्म पूर्वप्रधानमन्त्री गिरिजाप्रसादले प्रयोग गर्ने सामग्री पनि अब इतिहास बनेको छ ।
देशमा मात्र होइन, अन्य देशका लागि पनि कोेइराला निवासको उत्तिकै योगदान छ । भारतका चर्चित साहित्यकार फणिश्वरनाथ रेड्डीले यही निवासको आश्रयमा एसएलसीसम्मको अध्ययन गरे । विश्वनाथ कोइराला अर्थात् बिपी कोइरालाले लामो समयसम्म दार्जीलिङमा वकालत गरे । २००७ सालको क्रान्तिमा स्वदेश फर्किएका बिपी सोही समय जेल परे ।
तर शर्माको निधनपश्चात् अहिले कोइराला निवास शान्त छ, सुनसान छ । कोइराला निवासले आदर्श र प्रेम मात्र होइन, सद्भाव र परम्परा पनि धानेको थियो । कोइराला निवासमा पुग्ने जो कोही पनि पाहुना हुन्थे, एक गिलास पानी मात्र भए पनि खाएर फर्कन्थे ।
सिन्धुलीका दुम्जेबाट बसाइँ सरेका पिताजीले विराटनगरका लागि मात्र सोचेनन्, देश र जनताको हितमा आफ्नो उर्वर समय सदुपयोग गरे । उनका सन्ततिले उनैको बाटो रोजे । तर पछिल्लो पुस्ताले आफ्नै पुर्खाको योगदान बिर्सिए ।
गिरिजाप्रसाद, शैलजा आचार्य र नोना कोइरालाको स्मृतिग्रन्थ समेत लेखिसकेका साहित्यकार तथा प्राज्ञ दधिराज सुवेदी कोइराला निवासको अस्तित्व ओझेलमा परेको बताउँदै गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएका बेला यसको संरक्षणका लागि केही प्रयत्न भएको बताँउछन् ।
नेपालको प्रजातान्त्रिक आन्दोलनको प्रारम्भ गर्ने पिताजी कृष्णप्रसाद कोइरालाले जोडेको कोइराला निवास भावी पिँढीका लागि अनुसन्धानका लागि केन्द्र बन्न सक्छ । अहिले यो भवनमा भएका सामग्री कालान्तरमा एकादेशको कथा बन्न सक्छ ।
जीवित रहेका पिताजी कृष्णप्रसादका सन्तति अहिले पनि देशको राजनीतिको केन्द्रमा छन् । अहिले राज्य सञ्चालकले कोइराला परिवारको इतिहासलाई बिर्सेका छन् । शायद यो सबैका लागि दुर्भाग्य हो । तर कोइराला परिवारले जोगाएको जे जति सम्पत्ति छ, त्यसलाई संरक्षण र प्रवद्र्धन गर्नुपर्ने अहिलेको आवश्यकता छ ।
नेपालको प्रजातान्त्रिक आन्दोलनको प्रारम्भ गर्ने पिताजी कृष्णप्रसाद कोइरालाले जोडेको कोइराला निवास भावी पिँढीका लागि अनुसन्धानका लागि केन्द्र बन्न सक्छ । अहिले यो भवनमा भएका सामग्री कालान्तरमा एकादेशको कथा बन्न सक्छ ।
सोही परिवारको सद्भाव र आशीर्वाद पाएर धेरैले सत्ताको स्वाद चाखेका छन् । उनीहरूले समेत जिउँदो इतिहास बनेको निवासको गरिमालाई जोगाउनु आवश्यक छ । होइन भने निवासको इतिहास जोगिन सक्दैन ।
प्रकाशित मिति: शुक्रबार, जेठ ३, २०७६