काठमाडौं नेपाल प्रहरीलाई समाजमा भइरहेको आपराधिक घटनाको सूचना दिँदा दुःख खेप्नुपरेकाले सूचना दाताको नाम र मोबाइल नम्बर गोप्य राख्ने व्यवस्था मिलाउन गोकर्णेश्वर नगरवासीले अनुरोध गरेका छन् ।
समुदाय–प्रहरी साझेदारी गोकर्णेश्वर नगरपालिकाले बुधबार जोरपाटीमा आयोजना गरेको अन्तत्र्रिmयामा लागुपदार्थ दुव्र्यसनी, दर्ता नगरी भट्टी र स्थानीय रक्सी उत्पादन गर्ने, जुवातास खेल्ने खेलाउने लगायतको सूचना प्रहरीलाई दिँदा सूचना दिनेको नाम र नम्बरं प्रहरीले पीडकलाई दिएको गुनासो नगरवासीले गरे ।
छहारी युवा क्लबका अध्यक्ष कुमार श्रेष्ठले चार÷पाँच जना मानिसले दैनिक लागुऔषध सेवन गरेर अन्य आपराधिक क्रियाकलाप पनि गर्न सक्ने सूचना प्रहरीलाई दिएको आरोप लगाए । आरुबारीका पृथ्वीजंग बस्नेतले सूचनादाता प्रहरी र आपराधिक घटनामा संलग्न दुवैबाट खतराको सूचीमा पर्ने गरेको गुनासो गरे । नारायणटारस्थित नयाँ जीवन नेपालका अध्यक्ष राजन खनालले आपराधिक घटनामा संलग्नबाट समस्या भएर प्रहरीलाई खबर गर्दा अर्को दिन छोडिने गरेको आरोप लगाए ।
नयाँ पार्टीका पवन गहतराजले नगरपालिका कार्यालय अघिको मेडिकलका सञ्चालकले लागुऔषध बेचबिखन गरेको उजुरी प्रहरीलाई गरेपछि प्रहरीले नियन्त्रणमा लिएको र एक दिनमै छोडिएको भन्दै विरोध जनाए । दर्ता खारेज गरेर कार्बाही गर्नुपर्नेमा सञ्चालकलाई अर्को दिन छोड्दा लागुऔषध बेच्ने र प्रयोग गर्ने दुवैको मनोबल बढेको उनको भनाइ थियो ।
नारायणटारकी पुष्पा लिम्बूले आपराधिक घटना भइरहेको प्रहरीले देखे पनि कसैको उजुरी नआई कानुनी कार्बाहीको प्रक्रिया अघि नबढाउने गरेको आरोप लगाइन् । कार्यक्रममा छविराज ओझा, बिन्दा तिमल्सिना, प्रकाश अधिकारी, इन्द्र श्रेष्ठ, लेखकुमारी पुडासैनीलगायत नगरवासीले वाग्मती नदीबाट बालुवा उत्खनन् गरी मध्यरातमा नगरवासीलाई असर पुग्ने गरी चोरी निकासी गर्ने, सडकमा ट्राफिक लाइटको व्यवस्था नहुँदा घण्टौँ जाममा बस्नुपर्नेलगायत शान्ति सुरक्षाका बारेमा नगरपालिका र उच्च प्रहरी अधिकारीसमक्ष समाधानको पहल गर्नुपर्ने माग गरे ।
प्रकाशित मिति: बिहीबार, जेठ २, २०७६