काठमाडौं : सांस्कृतिक संस्थान र अनाममण्डलीको संयुक्त आयोजनामा सम्पन्न गजल सन्ध्याको छैठौँ शृङ्खलामा गजलकार जीत कार्की र संगीता थापाले गजल सुनाएका छन् ।
प्रत्येक महिनाको अन्तिम दिन आयोजना हुने उक्त कार्यक्रममा जीत कार्कीले आठ र संगीता थापाले आठ गरी जम्मा १६ वटा गजल वाचन गरेका थिए । इन्दु अंशु र केशव भट्टराईले कार्कीका एक/एकवटा गजल वाचन गरेका थिए ।

जीत कार्कीका गजलमा माया, प्रेम र देशभक्तिको भावना झल्कन्थ्यो भने संगीता थापाका गजलमा पनि यस्तै प्रेम, प्रणयभाव प्रकट भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि राष्ट्रियसभा सदस्य खेम नेपाली थिए भने कार्यक्रमको अध्यक्षता प्राज्ञ डा. देवी नेपालले गरेका थिए ।
प्रकाशित मिति: बुधबार, जेठ १, २०७६