काठमाडाैं : संघीय संसद्मा गत गत वैशाख २६ गते दर्ता भएको मिडिया सम्बन्धी विधेयकका प्रावधानहरुप्रति साप्ताहिक पत्रिकाका सम्पादकहरूको अन्तर्राष्ट्रिय समाजले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
समाजका अध्यक्ष कविर राणाद्वारा बुधबार जारी विज्ञप्तिमा मिडिया काउन्सिल विधेयक सच्याउन माग गरिएको छ । नेपाली प्रेस र पत्रकारिता जगतसँग सम्बन्धित सरोकारवाला पक्षहरुसँग कुनै पनि प्रकारको छलफल र सहमति नगरी सरकारले एकपक्षिय रुपमा संसदमा दर्ता गराएको उक्त विधेयकमा रहेका प्रावधानहरु स्वतन्त्र प्रेसको मर्म विपरित रहेको विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी अन्तर्राष्ट्रिय मूल्य, मान्यता र नेपालको संविधानको मूल भावना विपरित रहेको उक्त विधेयक नेपाल सरकारले अविलम्ब फिर्ता लिई सरोकारवालाहरूसँग छलफल एवं परामर्श गरी नेपाली मिडियाले सुरक्षाको अनुभूति गर्ने प्रकारका प्रेस तथा मिडिया कानुनहरु निर्माण गर्नु पर्दछ भन्ने अभिमत जोडदार रुपमा व्यक्त गर्दछ ।’
प्रकाशित मिति: बुधबार, जेठ १, २०७६