एएफसी कप फुटबल अन्तर्गत चौथो चरणको खेलमा घरेलु टोली मनाङ–मस्र्याङ्दी क्लबले भारतीय आई लिग च्याम्पियन मिनर्वा पन्जावसँग बराबरी खेलको छ ।
मनाङले १० खेलाडीमा समेटिएको पन्जावसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
बुधबार सातदोबाटोमा भएको खेलको सुरुवातदेखि नै पञ्जावले मनाङमाथि दबाब बढाएको थियो। आठौं मिनेटमा पञ्जावका स्यामुयल लामुमाउपुइयाको प्रहार बारमा लागेको थियो। १३ मिनेटमा थोइबा सिंहको प्रहार पनि बारमा लाग्दा पञ्जावले अग्रता लिने अवसर गुमाएको थियो।
३८ मिनेटमा स्यामुयलको प्रहारले पनि पोस्टको दिशा लिन सकेन। लगत्तै पञ्जावले अग्रता लियो। उसका लागि थोइबा सिंहले गोल गरे। उनले डिबक्स भित्रबाट गोल गरेका थिए।
५४औं मिनेटमा अभिषेक रिजालको क्रसमा अन्जन विष्टको लो हेडलाई पन्जावका गोलरक्षक अर्सदिप सिंहले मुस्किलले बचाउदा मनाङ बराबरीबाट चुकेको थियो । ६१औं मिनेटमा हेमन गुरुङको कर्नरमा अजिज सहिदको हेड पोस्टबाट थोरै बाहिरिएको थियो ।
८१औं मिनेटमा मनाङले बराबरी गोल फर्कायो । मनाङका डिफेन्डर साहिद अजिजले हेडमार्फत बराबरी गोल गरेका थिए । उनले अन्जन विष्टको पासलाई सदुपयोग गरेका थिए । ८९औं मिनेटमा पन्जावले गोल गरेपनि रेफ्रीले अफसाइडको इसारा गरिदिए । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा एडिलाजाको क्रसमा बिमल रानाले अफसाइड भनेको छाडेको बललाई आफिज ओलावालेले प्रहार गरेपनि गोलरक्षकले बचाए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल १–१ गोलको बराबरीमा सकियो ।
पहिलो हाफमा दवावमा मनाङले दवावमा खेलेको थियो । खेलको आठौं मिनेटमा लालमुवानपुइया स्यामुइलको बक्सबाहिरको सशक्त प्रहार क्रसबारमा लागेर फर्किएको थियो । १३औं मिनेटमा मोईरङ्गथेम थोइवा सिहको प्रहार पनि क्रसबारमा लागेर फर्कदा मनाङ भाग्यशाली सावित भएको थियो । त्यसअघि छैटौ मिनेटमा मनाङले मौका पाएपनि सदुपयोग गर्न सकेनन् । ३९औं मिनेटमा मोईरङ्गथेम थोइवा सिंहको गोलबाट पन्जावले अग्रता लिएको थियो । गोलरक्षक बिशालले लगत्तै श्रेयसको प्रहारलाई मुस्किलले बचाएका थिए ।
प्रकाशित मिति: बुधबार, जेठ १, २०७६