काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्कनु १५ मिनेट अगाडी नै सबै उडान र अवतरण रोकिने भएकाे छ । भियतनाम र कम्बोडियाको साताव्यापी भ्रमण सकाएर आज साँझ ७ बजेर ५ मिनेटमा प्रधानमन्त्री लओलीसहितको भ्रमण टोली स्वदेश फर्कँदैछ ।
बैसाख २६ मा प्रधानमन्त्री ओली नेपाल एयरलाइन्सको चार्टर्ड उडानमार्फत भियतनाम गएका थिए । प्रधामन्त्री सोमबार भियतनामबाट कम्बोडिया गएका थिए । विमानस्थल कार्यालयका अनुसार प्रधानमन्त्री स्वदेश फिर्ता हुने समय भन्दा १५ मिनेट अगाडि नै सबै उडान तथा अवतरण बन्द हुने छ।
प्रधानमन्त्री ओलीसहितको विमान अवतरणलाई लिएर ३० मिनेट आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान तथा अवतरण पूर्णरुपमा ठप्प हुने बताइएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ १, २०७६