काठमाडाैं : कामिरिता शेर्पा २३ औं पटक सगरमाथा शिखरमा पुगेका छन् । उनी आज बिहान ७ बजेर ५० मिनेटमा २३औँ पटक सगरमाथाको चुचुरोमा पुग्न सफल भएका हुन् ।
यसअघि उनले २२ पटक सगरमाथा आराेहण गरेर विश्वमा सबैभन्दा बढी आराेहणकाे रेकर्ड बनाएका थिए । यस्तै आठ हजार मिटरमाथिका हिमाल ११ पटक आराेहण गरेका छन् ।
८१८८ मिटर अग्लाे चाे यु हिमाल ८ पटक, ८५१६ मिटरकाे ल्हाेत्से १ पटक, ८६११ मिटरकाे माउन्ट केटु १ पटक र ८१६३ मिटर अग्लाे मनास्लु १ पटक आराेहण गरिसकेका छन् ।
प्रकाशित मिति: बुधबार, जेठ १, २०७६