तेस्रो वान डे खेलमा इंग्ल्यान्डले सानदार जित हात पारेको छ । मंगलबार राती सम्पन्न खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै पाँच ओडीआई सिरिजमा इंग्ल्यान्डले २-० को अग्रता लिएको हाे । ३ सय ५९ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्यान्डले ४४.५ ओभरमा ४ विकेट गुमाउँदै सहजै पुरा गर्यो । इंग्ल्यान्डको जितमा ओपनर जोनी बेयरस्टोले १ सय २८ रनको शतकीय महत्वपूर्ण योगदान दिए ।
त्यस्तै ओपनर जोसन रोएले आक्रमक ७६ रनको योगदान दिए । इंग्ल्यान्डका अन्य जो रुटले ४३ र बेन स्टोक्स ३७ रनमा रन आउट हुँदा मोइन अली ४६ र कप्तान ओइन मोर्गन १७ रनमा अविजित रहे । अलीले ३६ बलमा ४ चौका र ३ छक्का प्रहार गरेका थिए । पाकिस्तानका लागि जुनदै खान, फहिम असरार्फ र इमाद वासिमले समान १ विकेट हात पारे ।
त्यसअघि ब्रिस्टलमा टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय ५८ रन बनायो । पाकिस्तानका लागि ओपनर इमाम उल हकले आफ्नो ओडीआई करियरकै उत्कृष्ट तथा छैटौं शतक प्रहार गर्दै १ सय ५१ रनको योगदान दिए ।
त्यस्तै आशिफ अली ५२, ह्यारिस सोहेल ४१, बाबर आजम १५, फखार जमान २,सरफराज अहमिद २७ रनमा आउट भए । ईमाद वासिम २२,फहिम असरार्फ १३ रनमा आउट हुँदा हसन अली १८ रनमा अविजित रहे । हसनले ९ बलमा २ छक्का र १ चौका प्रहार गरे ।
इंग्ल्यान्डकाको जितमा क्रिस वोक्सले ४ विकेट लिए । त्यस्तै टम करनले २ र डेविड विल्ली र लियाम प्लन्केटको नाममा समान १ विकेट रह्यो ।
प्रकाशित मिति: बुधबार, जेठ १, २०७६