स्पेनिस क्लब एट्लेटिको म्याड्रिडका फरवार्ड एन्टोइन ग्रिजमनले क्लब छाड्ने घोषणा गरेका छन् । ग्रिजमनले बार्सिलोनएटलेटिको छाडेसँगै बार्सिलोनाले उनलाई अनुबन्धन गर्ने प्रस्ताव गरेकाे छ ।
ग्रिजमनको क्लब छाड्ने प्रस्तावलाई यसपटक क्लबले रोकेन । उनलाई गत सिजन पनि बार्सिलोनाले अनुबन्ध गर्ने प्रयास गरेको थियो । क्लबका अध्यक्ष मिगुएल एन्जल गिल र प्रशिक्षक डिएगो सिमोनीसँगको सल्लाहमै ग्रिजमनले क्लब छाड्ने घोषणा गरेका हुन् ।
क्लब छाड्ने पक्का भएसँगै ग्रिजमनले सामाजिक सन्जालमा भिडियो पोस्ट गर्दै आफ्नो निर्णय सही भएपनि मलाई अर्काे क्लबमा ठुलो चुनौती हुने बताएका छन् । ‘यो निर्णय पक्कै सहज छैन । मैले यहाँ ५ वर्ष बिताए । मेरा समर्थक र सबैलाई धन्यवाद । मैले यहाँ मेरो लागि पहिलो ट्रफी जितेको छु । क्लबमा बिताएको अविस्मरणीय क्षणलाई म कहिल्यै बिर्सने छैन ।’
प्रकाशित मिति: बुधबार, जेठ १, २०७६